काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मङ्गलवार स्वदेश फर्किने भएका छन् ।
गत मंसिर १६ गतेदेखि उपचारका लागि चीन गएका उनी मङ्गलवार स्वदेश फर्किन लागेका हुन् । पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएको माओवादी केन्द्रका नेता नेता डिपी ढकालले जानकारी दिए ।
उनका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएको छ । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् ।







