९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुग्लिन–नारायणगढ सडक आजदेखि दैनिक चार घण्टा बन्द

अ+ अ-

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबारदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ।

मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गर्न लागिएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो ।

यसका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेको उनले बताए। ‘कम्तीमा एक महिना यसरी सडक बन्द गरेर काम गर्छौँ’, उनले भने, ‘कामको प्रगति हेरेर एक महिनापछि समय निर्धारण गर्नेछौँ।’

उनले सडक प्रयोग गर्ने यात्रुलाई बन्द गर्ने समयको विषयमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे।

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन १५ वटा पुलको निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने बताइएको छ। सात महिनाभित्र १० वटा पुल र बाँकी समयमा बाँकी रहेका पुल निर्माण गर्ने गरी काम अगाडि बढाएको आयोजना प्रमुख कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस