२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हडतालका कारण उडान नहुँदा निगमलाई साढे दुई करोड क्षति

अ+ अ-

काठमाडौँ । ‘क्याबिन क्रु’ को हडतालका कारण बुधबार र बिहीबार नेपाल वायुसेवा निगमका नियमित उडानमा देखिएको अवरोधमाथि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

वायुसेवा कम्पनीहरूको नियामक निकाय प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेप्टी स्ट्यान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । 

यसैबीच निगमले क्याबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैयाँ क्षति भएको जनाएको छ । दुई दिन उडान अवरोध हुँदा कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगम वाणिज्य विभागका एक अधिकृतले बताए । दुई दिनमा कम्तीमा ७५ यात्रुलाई अरू वायुसेवाको विमानबाट पठाउँदा उडान छुट्न गएकालाई होटेलमा राख्दा साढे दुई करोड क्षति भएको ती अधिकृतको भनाइ छ ।

यस घटनामा निगममा रहेका काँग्रेस, एमाले, माओवादी र समाजवादी पार्टीसँग आबद्ध तीन कर्मचारी सङ्गठनले संयुक्त विज्ञप्ति निकालेर निगमले बेहोरेको क्षतिको असुलउपर गराउन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापन बुझाएका छन् । उडान अवरोध हुने कार्यलाई राष्ट्रघाती भएको भन्दै अत्यावश्यक सेवासँग सम्बन्धित ऐनअनुसार कारबाही हुनुपर्ने माग पनि उनीहरूको छ ।