१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा एचआइभी संक्रमितको संख्या ७५

अ+ अ-

इलाम । इलाममा दुई बच्चासहित एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ सङ्क्रमित थप भएको इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिइन् ।

जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागुपदार्थ प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाइएको छ ।
रोजगारीकै शिलशिलामा जिल्लामा एचआइभी सङ्क्रमित वृद्धि भएको उल्लेख गर्दै उनले कन्यामस्थित एक होटलमा एचआइभी सङ्क्रमित कार्यरत भएको पाएको र उनको उद्धारसमेत गरिएको बताइएको छ । सङ्क्रमितलाई एचआइभीको आशङ्का भएमा परीक्षण गराउन फूलगाछीस्थित उक्त आश्रममा सम्पर्क गर्न आग्रह गरिएको छ ।

विगत ३३ वर्षदेखि शर्मा आफै एचआइभीसँग बाँचिरहेकी अभियन्ता छिन्। उक्त वडाकार्यालयले एचआइभीसँग जीवन विताइरहेकाहरुलाई सहयोग गर्न र समुदायमा सचेतना फैल्याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।

उक्त वडामा मात्र छ जनाले नियमित औषधि प्रयोग गरिरहेको जनाइएको छ । जिल्लाका एचआइभीसँग बाँचिरहेका मानिस इलाम बाहेक, झापा, धरान, काठमाडौँ तथा भारतका अन्य सहरबाट औषधि लिने भएकोले जिल्लाको सही तथ्याङ्क आउन नसक्ने अध्यक्ष शर्माको भनाइ थियो ।

नियमित औषधि प्रयोग गर्ने सङ्क्रमित इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको सङ्ख्या भने ३५ छ । वडाध्यक्ष नरेश श्रेष्ठले जिल्लामा एचआइभीको वर्तमान अवस्था बुझ्दै भावी दिनमा वडाले एचआइभी फैलिनबाट रोक्ने कार्यक्रम गर्न पूर्वतयारीको रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।

एचआइभीको औषधि निःशुल्क इलाम अस्पतालको एआरटीबाट उपलब्ध गराउन सहयोग गर्ने, एचआइभी भएकाको परिवारकै निःशुल्क स्वास्थ्य बीमा गरिदिने, उनीहरुलाई पुनःस्थापना कार्यक्रम तथा स्वरोजगार बनाउने, नियमित औषधि सेवन गर्नलाई उत्प्रेरणा गर्ने काम लवकुशले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस