२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सरकारलाई सहजतापूर्वक लिएको छु, सबैले सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाडले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको बताएका छन् । 

सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाडले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए ।  

उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । मन्त्री खाडले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरूलाई पनि सचेत गराए  ।  

गृहमन्त्री खाडले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाए । प्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दबाब परिरहेका बेला उनले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिए । गृहमन्त्री खाडले सो विभागले आवश्यक परेका सबै सूचनाहरू दिएकाले पनि आफूले जता भए पनि भिन्नता महसुस गर्नु नपरेको उल्लेख गरे ।  

गृहमन्त्री खाडले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औँल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटक-पटक दोहोर्‍याए । उनले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरूले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे । विपद् व्यवस्थापन, मन्त्रीपरिषद्का लागि आवश्यक प्रस्ताव तयार पार्न र शान्ति सुरक्षाको व्यवस्थापन गर्न आफू र मन्त्रालयका पदाधिकारीहरूले मध्यरातमा पनि मन्त्रालयमा बसेर काम गर्नु परेको मन्त्री खाँणको भनाई थियो । उनले आफूलाई मन्त्रीको रूपमा सबैले सहयोग गरेको उल्लेख गर्दै मन्त्रालयका सबै कर्मचारीहरूप्रति आभार समेत व्यक्त गरे ।   

गृहमन्त्री खाडले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए । त्यसलाई सफलतापूर्वक सञ्चालन गरेको उनको दाबी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको गृहमन्त्री खाडले बताए ।