२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

अ+ अ-

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष आचार्यको संयोजकत्वमा राष्ट्रिय समितिका सबै, महिला तथा युवा अध्यक्ष तथा संरचनामा रहेका आबद्ध सङ्घ, ट्रेड युनियन कांगे्रस प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महाधिवेशन मूल तयारी समिती गठन गरेको छ । उक्त बैठकले सदस्यता फाराम तथा शुल्क सङ्कलन २०७९ फागुन मसान्तभित्र, आबद्ध सङ्घको राष्ट्रिय महाधिवेशन २०७९ चैत मसान्तभित्र, ट्रेड युनियन कांगे्रस जिल्ला अधिवेशन २०८० वैशाख ९ र प्रदेश अधिवेशन वैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिए ।

विसं २०८० वैशाखदेखि सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामजिक सुरक्षामा सहभागी गराउने निर्णय भइसकेको सन्र्दभमा स्थानीय तहमा श्रमिकको पञ्जीकरण तथा श्रमिकको समस्या समाधानार्थ स्थानीय तहमा श्रम सल्लाहकार समिति गठन गराउन सम्बन्धित निकायमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडिको ट्रेड युनियन कांग्रेसको बैठकको निर्णयविरुद्ध रहेर अलग्गै पार्टीमा आबद्ध भएको भन्दै ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सल्लाहकारद्वय रिता खनाल र कल्पना अधिकारीलाई सल्लाहकार पदबाट तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशासिंह राठौरलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले नीति अधिवेशन, कांग्रेसको संरचनामा श्रमिक समावेश, दुई तहको निर्वाचन समीक्षा, कोरोनाबाट थिलोथिलो भएका श्रमिकलाई राहत, श्रमिकलाई सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिक समस्याका मुद्दालाई छलफल गर्न तत्काल कांग्रेसको महासमिति बैठक बोलाउनसमेत माग गरेको छ ।

ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ श्रमिक सङ्घ, सङ्गठन आबद्ध छन् भने झण्डै पाँच लाख श्रमिक सदस्य रहेका बतायएको छ ।