२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच एकीकरणको पहल सुरु

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु भएको छ ।

वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरूको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ ।

यस विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबिच विभिन्न चरणमा छलफल पनि भएको छ ।

जसपाका एक नेताले भने, ‘एकीकरणका लागि सकारात्मक वातावरण तयार भइरहेको छ, सरकार गठनलगायतका कार्यमा नेताहरू व्यस्त भएको कारण त्यसमा केही ढिलाइ भएको हो मन्त्रीपरिषद् विस्तार भएपछि त्यसको विषयमा गम्भीर छलफल हुन्छ ।’ पुस १५ गते नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबिच पनि पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ ।

पार्टी एकीकरणका लागि तीनटै दल सकारात्मक देखिएका छन् । नेकपा (एकीकृत समाजवादी) को जारी बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा एउटा कुनै दलसँग एकीकरण नगर्ने, वाम एकताका लागि छलफल गर्ने बहस चलाएको छ ।

जसपा नेपालअनुसार पार्टी एकताका लागि एकीकृत समाजवादीबाट नै पहिलो प्रस्ताव आएको हो । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर माओवादी केन्द्रसँग पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् ।

जसपा नेपालले पार्टी एकीकरणका लागि छलफल गर्न एउटा वार्ता समिति बनाउने पनि निर्णय गरेको छ । राजनीतिक समितिको बैठकले सो समिति बनाउने भएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले माओवादी केन्द्र, वा कुनै विशेष दलसँग एकता गर्ने भन्दा पनि जुन दलसँग विचार र मुद्दा मिल्छ त्यो दलसँग एकता वा सहकार्यका लागि छलफल गर्न समिति बनाउन लागिएको बताए ।

उनले भने, ‘माओवादीसँग एकताको विषयमा मलाई कुनै जानकारी छैन, पार्टीमा त्यसको कुनै चर्चा पनि छैन ।’