२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू

अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चार वटा सेवामा टाइम कार्ड लागू गरेको छ। 

सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्यालाई समाधानको लागि प्रशासन कार्यालयले बिहीबारदेखि टाइम कार्ड लागू गरेको हो। 

प्रशासन कार्यालयले अहिले परीक्षणको रूपमा यो सेवा सुरु गरेको काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्। 

प्रशासनले सुरूआती चरणमा चार सेवामा टाइम कार्ड लागू गरेको हो। 

संस्था नवीकरण, नयाँ नागरिकता वितरण, नाबालिग परिचयपत्र र मुद्दाको पेशी र तारिख दिनेमा टाइम कार्ड लागू गरेको हो। 

प्रशासन कार्यालयले सेवाग्राहीलाई यी सेवा दिन निश्चित समय दिन्छ। त्यो समयभित्रमा प्रशासन कार्यालयले सेवा दिइसक्ने गरी यो परीक्षण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन्।  

सेवाग्राहीले आवश्यक कागजातहरू पूरा भइसकेपछि मात्रै यो टाइम कार्ड पाउने छन् । राजस्व तिर्नुपर्ने लगायतका कामहरू भने आफैँले गर्नुपर्ने उनले बताइन्।

संस्था नवीकरण र मुद्दाको पेशी तारेखको लागि आधा घण्टाको समय दिइएको छ। यस्तै नागरिकता प्रमाणपत्र र नाबालिग परिचयपत्रको लागि एक-एक घण्टाको समय दिइएको छ।