२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न मन्त्री राईको निर्देशन

अ+ अ-

काठमाडौँ । नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारी मन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयमा पद बहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री राईले भने, “तपाईँहरू अनुभवी र विज्ञ हुनुहुन्छ, स्वार्थ समूहबाट हुनसक्ने बोलवालालाई निरुत्साहित गरी जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ ।” 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बाहिरबाट हेर्दा एउटा मन्त्रालय देखिए पनि जनतासँग प्रत्यक्ष जोडिएका तीन वटा भिन्न भिन्न बृहत् क्षेत्र भएकाले आमजनताको आवाजलाई सम्बोधन गर्ने ढङ्गबाट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए । 

यसअघि मन्त्री राईलाई मन्त्रालयमा सचिव डा रेग्मीसहितका कर्मचारीले स्वागत गरेका थिए । पद बहालीपछि मन्त्री राईले पहिलो निर्णयका रूपमा मन्त्रालयमा रिक्त रहेको प्रवक्तामा सहसचिव प्रकाश जोशीलाई जिम्मेवारी तोकिएकोसम्बन्धी फाइल सदर गरे । 

विसंं २०३५ मा तत्कालीन नेकपा माले सम्बद्ध अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नवनियुक्त मन्त्री राई १४ वर्षको किशोर उमेरमै धनकुटास्थित गोकुण्डेश्वर माविमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए । 

उनले अखिलको धनकुटा जिल्ला कमिटी अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको जिल्ला अध्यक्ष, किसान महासङ्घको केन्द्रीय सदस्य र नेकपा(एमाले) धनकुटा जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । विसं २०७८ मा एमालेको दशौँ महाधिवेशनबाट नवनियुक्त मन्त्री राई केन्द्रीय सदस्यमा निर्वाचित भए । 

विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५४ मा जिविस उपसभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका मन्त्री राईले स्नातकसम्म अध्ययन गरेका छन्। पिता तेजबहादुर र माता मोतीमाया राईका कोखबाट २०२२ साल भदौ २९ गते धनकुटाको पाख्रिबासमा जन्मिएका उनी यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित थिए ।