काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन्।
बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै किसानहरूले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन्।
उनले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बिमाको अनलाइन भुक्तानी गर्ने गरी निर्णय
गरिरहेको बताइन्।
आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
उनले कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको पनि बताइन्।







