२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामपन्थी शक्तिहरूसँग ध्रुवीकरण गर्ने तयारीमा विप्लव 

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरूले वामपन्थी प्रगतिशील शक्तिहरुबीच ध्रुवीकरण गरेर जान सुझाव दिएका छन् । पार्टी केन्द्रीय समितिमा बोल्ने अधिकांश नेताहरूले वामपन्थी प्रगतिशील शक्तिसँग मिलेर जान आग्रह गरेका हुन् ।

प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ताको रिहा र मुद्दा फिर्तामा भइरहेको ढिलाइप्रति नेताहरूले गुनासो राखेका छन् । 

सरकारबाट प्रतिबन्धको अवधिमा मृत्यु भएका सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था गराउन पहल गर्न नेताहरूले माग राखेका बैठकमा सहभागी एक नेताले बताए । 

सोमबार बेलुकासम्म केन्द्रीय समिति बैठक सकेर बैठकको निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ । अहिले बैठकमा प्रगतिशील वामपन्थी शक्तिसँग मिलेर जान अधिकांश नेताहरूले सुझाव दिएको सचिवालय सदस्य सन्तोष बुढामगरले प्रतिक्रिया दिए ।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउँदा एकता र ध्रुवीकरणलाई जोड दिइने बुढामगरको भनाई छ ।

गत पुस ३० गते नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा शिवगढी पुगेका थिए । वामपन्थी सक्तीहरूसँग एकता गर्न महराको नेतृत्वको पाँच सदस्यीय वार्ता टोली गठन  गरिएको छ । वार्ता टोलीको संयोजक महरा पुराना सहकर्मीसँग भेट गर्नुका साथै एकतामा जोड्ने उद्देश्यका साथ पुगेका हुन् । तर, महरा विप्लवबीचको सामान्य छलफल मात्रै गरेर छुट्टिएका थिए । 

पार्टी बैठकमा किटेरै कुनै शक्तिसँग एकता गर्नेगरी विषयवस्तु नउठेको अर्का एक नेताले बताए । तत्काल आफ्नै पार्टीलाई व्यवस्थित गर्दै संसद् बाहिर भएका शक्तिसँग एकता र ध्रुवीकरणमा जाने हुन सक्ने ती नेताको भनाई छ । अरू संसदवादी कम्युनिस्टसँग आवश्यकता र औचित्यका आधारमा एकता र सहकार्य हुन सक्ने बताएको छ ।