२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा हुन थाल्यो : विप्लव

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् ।

बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् ।

महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए ।

विप्लवले भने, ‘पैसा हुने जसरी पनि बाँचेका छन् । पैसा नहुने जनता भने सामान्य बिरामी हुँदा मरिराखेका छन् । त्यसैले राज्यसँग हामी लडिराखेका छौँ । अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा परेको छ ।
दुःखका साथ भन्नुपर्छ । ठुला ठुला भौतिक संरचना बनाएर स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । त्यसैले हामी भन्दै आएका छौँ स्वास्थ्य र शिक्षा राज्यले हेरिदिओस् ।’

बिरामी देखाएर स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको विप्लवले बताए ।

उनले भने, ‘स्वास्थ्यमा राज्यले जनताको दायित्व लिनुपर्छ । स्वास्थ्य क्षेत्रलाई राज्यले लिन सम्भव पनि छ । जति विकसित देशहरू छन् ती देशका नागरिकको स्वास्थ्यको जिम्मा लिँदा जनता राज्यप्रति ढुक्क छन् ।
सकेसम्म जनताले राज्यबाट सेवा पाएका छन् ।’

स्वास्थ्य क्षेत्र राज्यले जिम्मा लिने वातावरण बनाउन सबैले दबाब बढाउनुपर्ने विप्लवले बताए ।