८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व अनुसन्धानको महानिर्देशकमा सापकोटा

अ+ अ-

काठमाडौँ। राजस्व अनुसन्धान विभागका महानिर्देशकमा सहसचिव नारायण प्रसाद सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सापकोटाले सम्भवतः आज पद बहाली गर्दै छन् ।

लामो समय कर प्रशासनमा बिताएका सापकोटा यसअघि छोटो समयका लागि भन्सार विभागको महानिर्देशक भएका थिए ।

महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएसँगै रिक्त पदमा सापकोटालाई पठाइएको हो । २३ महिनामा पाँचौँ महानिर्देशक पठाई रहँदा तेस्रो महानिर्देशक झलकराम अधिकारीको पाँच महिनामा सरुवा भयो भने चौथो महानिर्देशक मदन दहाल तीन महिनामै फेरिए ।

सरकारको निकै महत्त्वपूर्ण विभाग मानिए पनि सबैभन्दा बढी अस्थिर बनाएकै कारण परिणाम देखाउन सकिएको छैन । राजश्व चुहावटलाई प्रभावकारी बनाउन भन्दै अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिए पनि सार्नुको औचित्यसमेत पुष्टि भएको देखिँदैन ।

स्वतन्त्र रूपमा काम गर्ने भन्दा पनि निहित इन्ट्रेस्ट पूर्तिमा भइरहेको हस्तक्षेपकै कारण विभाग चल्न नसकेको जानकारहरूको भनाई छ । व्यापारी–राजनीतिक कनेक्सन रहेसम्म जो सुकै महानिर्देशक आए पनि उल्लेख्य प्रगति देखाउन कठिन ती अधिकारी बताउँछन् ।

कुनै न कुनै व्यापारी जोडिइरहने विभागमा महानिर्देशक दाहाले नेपाल इन्भेष्टमेन्ट बैङ्कको अर्वौ राजस्व छली मुद्दामा बयान सकेर प्रतिवेदन तयार भई मुद्दाको तयारीमा थिए भने त्यसअघिका महानिर्देशक झलकराम अधिकारीले पनि ६ महिना कठाउन पाएनन् र उनी अघिका प्रकाश पौडेललाई पनि आफैले नियुक्त गरेको देउवा सरकारले ९ महिनामै बोलाएको थियो ।

सरुवा गरिएपछि पनि को पठाउने भन्नेमै देखिएको गलफती र रस्साकस्सीबाट पनि अनुमान गर्न सकिन्छ कि यसको महत्त्व कति छ तर के त्यो देशका लागि उपयोग भएको छ ?

प्रतिक्रिया दिनुहोस