७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रयोग नै नगरी थन्कियो दमकल

अ+ अ-

खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो ।

विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा दमकल चलाउन योग्य सडकसमेत छैन । गाउँपालिकाको केन्द्र खोटाङ बजारकै सडक पनि साँघुरो छ । यही कारण प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको दमकल प्रयोगमा ल्याउन असहज भएको गाउँपालिकाले जनाएको छ ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको खोटेहाङ गाउँपालिकामा आगलागीका घटना जिल्लाका अन्य स्थानीय तहभन्दा बढी हुने गरेको छ । आगलागीका घटना नियन्त्रण गर्न प्रदेश सरकारले दुई वर्षअघि दमकल उपलब्ध गराए पनि गाउँपालिकाले उक्त दमकल प्रयोगमा ल्याउन नसकेको हो ।

यद्यपि ब्याट्री फेरेर दमकललाई चालु अवस्थामा राख्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताएका छन् । सुक्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालु अवस्थामा राख्ने र चलाउने अपरेटर राख्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारले गाउँपालिकालाई दमकलसहित एउटा प्रहरी पिकअप भ्यानसमेत हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले उपलब्ध गराएको भ्यान भने इलाका प्रहरी कार्यालय खोटाङ बजारले प्रयोग गरिरहेको जनाइएको छ । दमकल र प्रहरी भ्यान लिन पूर्वगाउँपालिका प्रमुख प्रदीपकुमार राई, पूर्वउपप्रमुख कविता राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टराईलगायत विराटनगर पुगेका थिए । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलसमेत प्रभावकारीरूपमा सञ्चालन भएको छैन । सात वर्षअघि खरिद गरिएको नगरपालिकाको दमकल अहिलेसम्म एउटा आगलागीका घटनामा पनि प्रयोग भएको छैन । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले भने दमकल खरिद गरेको छैन । पहाडी भू–भाग तथा कच्ची सडक रहेको जिल्लामा दमकल भए पनि प्रयोग गर्न असहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस