९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा बैठक सारिएपछि सभामुखलाई काँग्रेसले दियो यस्तो चेतावनी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएपछि नेपाली काँग्रेसले विरोध जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा बसेपछि आज आह्वान गरेको प्रदेश सभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ ।

सम्बन्धित समाचार : सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इशारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो । काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले आफ्नो कुर्सी बचाउन मनलाग्दी गरेको आरोप लगाएको छ ।

उनले भने, ‘हिजोको सर्वदलीय बैठकबाट २ घण्टाको लागि बैठकपछि सार्ने निर्णय भएको थियो । तर आज सर्वदलीय बैठकको निर्णयलाई लत्त्याउँदै सभामुखले संसदीय मर्यादा विपरीत काम गर्नुभएको छ । यसमा हाम्रो घोर आपत्ति छ । ठुलो असहमति छ । यसो गर्दा भोलि सभामुखलाई नै गाह्रो होला । आज उहाँ जसरी एकल निर्णय गर्नुभएको छ, भोलि उहाँको निर्णयलाई अन्य दलले कसरी मान्ने भन्ने सवाल आउन सक्छ ।’

बैठक नै एक दिन सार्ने हल्ला भएपछि आफूले सभामुखलाई फोन गरेर नसार्न भनी सचेत समेत गराएको बताउँदै नेता शाहले आउँदो दिनमा सभामुखलाई महँगो पर्ने समेत चेतावनी दिए । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित भएको हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२)बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अब उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा छ ।

सम्बन्धित समाचार : सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : रञ्जिता श्रेष्ठ

प्रतिक्रिया दिनुहोस