७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ढुक्क भएर बस्नुस्, राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन्।

वीरगन्जमा आज आयोजित एक कार्यक्रममा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताएका हुन्। 

गुरुङले भने, ‘गत पुसमा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भएअनुरूप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ। त्यसैले ढुक्क भएर बसे हुन्छ।’ 

एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेको उल्लेख गर्दै उनले दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताए।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस