२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा प्रदेश निजामती सेवा पुरस्कार घोषणा

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक जनालाई सर्वोत्कृष्ट, तीन जनालाई उत्कृष्ट र छ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार पाउनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया भट्टराई पङ्गेनी छिन् । उनले रू एक लाख पुरस्कार प्राप्त गर्नेछिन् ।

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारका लागि लमजुङ डिभिजन वन कार्यालयका अधिकृत पूर्णेश्वर सुवेदी, कास्की यातायात व्यवस्था कार्यालयका अधिकृत डिल्लीराम रिजाल र मनाङ स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छनोट भएका छन् । उत्कृष्टतर्फको पुरस्कार राशि जनही रू ७५ हजार रहेको छ ।

यस्तै रू ५० हजारको प्रदेश निजामती सेवा पुरस्कारबाट यस वर्ष पोखरास्थित प्रदेश सङ्ग्रहालयका अधिकृत करुणा राई, मुस्ताङ पूर्वाधार विकास कार्यालयका इन्जिनियर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुङ्गाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ रहेका छन् ।

प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, विभाग र आयोगबाट सिफारिस भई आएका ४४ मध्येबाट बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

पुरस्कार गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश घर्तीले जानकारी दिए ।