२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकको ब्याज वृद्धिको विरोधमा प्रदर्शन

अ+ अ-

काठमाडौँ । बैंकहरूले मन लाग्दीरुपमा ब्याज वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।

बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरू धनगढीमा विरोध प्रदर्शनसँगै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत दिएका हुन् । शुक्रबार सुदूरपश्चिम मोबाइल व्यवसायी सङ्घले विरोध कार्यक्रम आयोजना गरेको हो ।

कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले ८ प्रतिशतमा लिएको ऋणको ब्याज वर्षदिन नपुग्दै आफू खुसी १७ प्रतिशत पुर्याएको भन्दै आक्रोश पोखे ।

विगतमा ऋण लिँदा ६-७ प्रतिशत रहेको ब्याजदर एकाएक १७-१८ प्रतिशत पुर्याउदा आफूहरू मारमा परेको व्यवसायीको गुनासो छ । बैंकले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिनु उनले परेको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक पनि मौन भएर बस्दा बैंकले मनोमानी रूपमा ब्याज बढाइरहेको समेत उनीहरूले आक्रोश पोखेका हुन् ।

व्यवसायीहरूले कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैङ्कहरूले विभिन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई कायम राखी नयाँ निर्देशिकालाई क्रमिक रूपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपोर्ट एक प्रतिशतमा झार्नुपर्ने लगायतका माग राखेका छन् ।

यसैबीच व्यवसायीहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले आफू व्यवसायीहरूकै पक्षमा रहेको बताए ।