१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउँछौँ : मन्त्री मोदी

अ+ अ-

मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताएका छन् । 

मोरङको तेतरीयास्थित ग्रामथान गाउँपालिकाको बाह्रौँ गाउँ सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कतिपय कर्मचारी वर्षौँसम्म एकै कार्यालयमा रहने र सरुवा पनि सुगम ठाउँमा मात्रै माग्ने विकृति देखिएको भन्दै मन्त्री मोदीले भने, “कर्मचारीभित्र सरुवा गरेको ठाउँमा पनि नजाने, कतिपय ठाउँमा सधैँ भरी बसिरहने र सुगम ठाउँमा मात्रै सरुवा मागेर जाने प्रचलन रहेछ” मन्त्री मोदीले भने, “कर्मचारी सरुवाको हामी निश्चित मापदण्ड बनाउन छलफल गर्दै छौँ ।”

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई केन्द्रले खटाउने कि प्रदेशलाई खटाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको मन्त्री मोदीको भनाई थियो । सङ्घीय निजामती ऐनमार्फत्सबै विषयहरूलाई व्यवस्थित बनाउने उनले बताए । मन्त्री मोदी सङ्घीय निजामती ऐन संसदमा टेबुल गर्ने अन्तिम तयारीमा छन् । 

अर्को फरक प्रसङ्गमा मन्त्री मोदीले आफूले पार्टीगत आस्थाको आधारमा कसैलाई विभेद नगर्ने बताए । उनले भने, “म पार्टीगत आस्थाको आधारमा विभेद गर्ने मान्छे होइन, कसैलाई पनि पार्टीगत आस्थाको आधारमा विभेद गर्ने काम मबाट हुँदैन, यहाँको विकासका लागि सबै दलसँग मेरो सहकार्य हुन्छ ।”

मोरङ ४(१) का प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले स्थानीय तहले उत्पादनको क्षेत्रमा ध्यान दिनुपर्ने बताए । लक्ष्यअनुसार योजना बनाएर अगाडि बढ्न प्रदेश सांसद चौधरीको आग्रह थियो । 

गाउँ सभामा गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह लगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस