८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

अ+ अ-

भजनी । बजेट अभावमा कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको मसानघाट अधुरै रहेको छ ।

कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ ।

नगरपालिकाले पहिलो वर्ष ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरिएको थियो । यसका लागि नगरपालिकाले चार लाख ९० हजार खर्च गरेको थियो । मसानघाटमा विभिन्न संरचनाका लागि दुई करोड ५४ लाखको बजेट अनुमान गरिएको छ ।

पहिलो चरणमा तटबन्ध र प्रतीक्षालय निर्माण सम्पन्न भएको थियो । त्यसमा नगरपालिकाको ३९ लाख ४० हजार खर्च भएको छ ।

निराजन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको ठेक्का ४१ लाख ६५ हजारमा लिएको नगरपालिकाका इञ्जीनियर नवीन ओझाले बताए । ‘नदीको पानीको बहावका कारण वर्षमा दुई–तीन महिनाभन्दा बढी काम गर्ने स्थिति थिएन । त्यस कारण ठेक्का भएको संरचना निर्माणमा समय लागेको हो’, उनले भने । चालु आवमा आयोजनाको बजेट नभएकाले काम ठप्प भएको उनको भनाइ छ ।

नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताए । वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस