२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपा कार्यपालिकाद्वारा ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) को कार्यपालिकाले ३ वटा कार्यविधि र एउटा निर्देशन स्वीकृत गरेको छ । फागुन ११ गते महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहको अध्यक्षमा बसेको १३ औँ कार्यपालिका बैठकले ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि २०७९’ र ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको हो ।

यस्तै सोही कार्यपालिका बैठकले ‘बाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ समेत स्वीकृत गरेको छ । बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले मस्यौदामा भएको व्यवस्था जानकारी गराउँदै स्वीकृत गर्न पेस गरेका थिए । बैठकले पशुपक्षी सेवा विधेयक, व्यवसाय दर्ता, नवीकरण तथा नियमन सम्बन्धी कार्यविधि, जनस्वास्थ्य ऐन, राजस्व सङ्कलन तथा परिचालन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ ।

फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने हेल्दी सिटीज समिट इन लण्डन कार्यक्रममा प्रमुख शाहको नेतृत्वमा भाग लिन जाने बैठकले निर्णय गरेको छ । बैठकले वडा कार्यालयको सुरक्षाका लागि नेपाल प्रहरीसँगको सहकार्यमा चौकीदार करारमा लिने, संस्कृति विश्वविद्यालय र हाँडीगाउँमा रहेको जग्गा लिजमा लिएर उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।