२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवेणीको दुःखः पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

अ+ अ-

कावासोती । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका-६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता अझै पनि हटन सकेको छैन ।

राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई वटा वडाबाट गाउँपालिकाको केन्द्र दम्किबास बजार पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको हो ।

राज्य पुनः संरचनामा गण्डकी प्रदेशलाई भारतसँग जोडने नाकाको रूपमा अगाडि बढाउने निर्णय भएसँगै हौसिएका विनयी त्रिवेणी गाउँपालिका-६ र ७ का बासिन्दालाई अहिले आफ्नै पालिकको केन्द्रसम्म पुग्नका लागि पार गर्नुपर्ने लामो दूरीले दुर्गम नै बनेकोे महुसुस हुन थालेको हो ।

राज्य पुनःसंरचना हुनु अगाडिको साविक त्रिवेणी सुस्ता गाउँविकास समिति टु्क्रिएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र त्रिवेणी नाकासहितका केही क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा राखिएकाले आफ्नै गाउँपालिकाका केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै ४० किलोमिटरभन्दा बढीको यात्रा गर्नुपर्ने बाध्यता नहटेकाले त्यहाँका बासिन्दाले दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण गरेर सञ्चालन नगरे आफूहरुका लागि लुम्बिनी प्रदेशमै गाभिदा सहज हुने बताउन थालेका छन् ।

‘प्रदेशकै मुख्य नाका बन्ने भनेर गण्डकी प्रदेशमै बस्न स्वीकार गरेका थियौँ, तीन–तीन जना मुख्यमन्त्री बनिसके पनि बाटो बन्न सकेन, अब पनि बाटो नबने लुम्बिनीमा गाभिन पाउँ भनेर आन्दोलनमा जानुको विकल्प छैन’, स्थाीनय रवि पौडेलले भने । ‘सुगम जिल्ला भनिए पनि पालिकाको केन्द्रसम्म पुग्न एक सय ५० भन्दा धेरै एकोहोरो भाडामै खर्च हुन्छ, आफ्नै साधन हुनेहरु काम सकेर त्यही दिन फर्कन सक्छन् होइन भने बास बस्नुपर्ने अवस्था हुन्छ’, वडा नं ६ का विशालबाबु भण्डारीले भन्नुभयो,‘प्रदेशको नाका भनेर गर्व गर्ने कुरा मात्रै भएको छ ।’

गाउँपालिकाको केन्द्र दुम्किबास बजारदेखि त्रिवेणीसम्मको २१ किलोमिटर दुम्बिास त्रिवेणी सडकको काम अगाडि बढ्न नसक्दा उक्त गाउँपालिका–६ र ७ का बासिन्दा समस्यामा परेका हुन् ।

विसं २०६२ मा ट्र्याक खोलिए पनि सात किलोमिटर बाटो चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रमा पर्ने भन्दै बाटो निर्माणमा अनुमति नदिँदा काम अगाडि बढ्न सकेको छैन ।

प्रदेश सरकारले विशेष चासो दिएको भनिएको यो सडकको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को काम वन मन्त्रालयमा पुगेर रोकिएकाले काम अगाडि बढ्न नसकेको हो ।

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि युनेस्कोसमेतको सहमति आवश्यकपर्ने हुँदा सडक निमार्णको काम ढिला भएको पूर्वप्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानले बताए । ‘अघिल्लो प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि फाइल वन मन्त्रालयमा पुर्याएको छ, सङ्घीय सरकारले प्राथमिकता दिएर प्रक्रिया अगाडि बढाए युनेस्कोले पनि मान्ने उनको भनाइ थियो ।