९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसहित ८ दलका शीर्ष नेताको उपस्थितिमा सांसदहरूलाई अभिमुखीकरण

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौँको तीनकुनेमा सांसदहरूलाई प्रशिक्षण दिइएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम आज दिउँसो साढे १ बजेदेखि जारी छ।

अभिमुखीकरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायत नेता पुगिसकेका छन्।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेका ८ दलले ती दलका सांसदहरूलाई अभिमुखीकरण दिएका हुन्। साथै पौडेलले पनि सांसदहरूलाई सम्बोधन गर्दै पत्र पठाएका छन्, जसमा राष्ट्रपति चुनावमा भोट दिन आग्रह गरिएको छ।

सम्बन्धित समाचार : मत माग्दै सांसदहरुलाई राष्ट्रपतिका उम्मेदवार पौडेलको पत्र

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस