२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवाग्राहीमैत्री बन्दै वडा कार्यालय

अ+ अ-

तुलसीपुर । कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ ।

त्यसकै एउटा उदाहरण हो, तुलसीपुर–११ । सेवाग्राही वडा कार्यालयमा आइपुग्दा धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन, कसैको कागजात पुगेको हुँदैन । यही कारणले एक दिनमा हुने कामका लागि तीन/चार दिन धाउनुपर्ने अवस्था थियो । यही समस्या समाधान गर्न वडाले नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याएको हो ।

जहाँ सेवाग्राहीको निःशुल्क निवेदन लेखिनाका साथै आवश्यक कागजात पनि मिलाइन्छ । त्यस्तै निःशुल्क फोटोकपी गरिदिइन्छ ।’सेवाग्राहीलाई धेरै झन्झट हुन थाल्यो, एक दिनमा हुने काम दुई–तीन दिनसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न नागरिक सहायता केन्द्रले भूमिका निर्वाह गरेको छ’, वडाध्यक्ष मानबहादुर रावतले भने, ‘त्यहाँबाट हामीले निःशुल्क निवेदन लेखिदिनेदेखि लिएर फोटोकपीसम्म गरिदिन्छौँ, अन्य कागजात पनि मिलाइदिन्छौँ ।’

वडा कार्यालय भनेको जनताको नजिकको सरकार भएको र धेरै काम हुने भएकाले सहज सेवा प्रदान गर्नु आफ्नो दायित्व रहेको वडाध्यक्ष रावतले बताए । जतिसक्दो सेवालाई सहज, सरल तथा छिटोछरितो गर्नका लागि यस्तो काम गरिएको उनको भनाइ थियो ।

यसअघि फोटोकपीको रु १० र निवेदनको रु एक सय लिने गरिए पनि आफूहरू निर्वाचित भएर आएपछि यसलाई नि:शुल्क बनाइएको वडाध्यक्ष रावतले बताए । नागरिक सहायता कक्षबाट सबै तयारी भएपछि आफ्नो काम सहजैरुपमा पूरा हुने गरेको सेवाग्राही बुधनी चौधरीले बताए । ‘धेरै कागज पुगेका रहेनछन्, सबै कागजात उहाँहरूले मिलाइ दिनुभयो’, उनले भने, ‘त्यसपछि एकै छिनमा काम सकियो ।’