२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खानेपानी र ढल बनाउँदा पूर्वाधारमा क्षति पुगेर नेटवर्कमा समस्या देखियो’ 

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत् मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोबाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

टेलिकमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोङ्गबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुर लगायत स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेर ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

‘सडक, खानेपानी, ढल, विद्युत्, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भनेका छन्, ‘यसले गर्दा हजारौँ ग्राहकहरू वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरू प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ ।’

टेलिकमले संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै आफूहरू सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार तयार रहेको बताएको छ ।

संरचनामा क्षति पुगेर सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत गर्ने गरेको पनि टेलिकमका प्रवक्ता अधिकारीले बताए ।