२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग मन्त्रालयद्वारा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्ने सर्त संशोधन

अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली र सरकार मिलेर खोलेको इन्भेष्टमेन्ट कम्पनीलाई सहजीकरण गर्ने गरी उद्योग मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनी स्थापनाका सर्त संशोधन गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधन पछि अब गैर आवासीय नेपालीले नेपाल सरकारसँग मिलेर खोलेको इन्भेष्टमेन्ट कम्पनीले लगानी विस्तार र प्रतिफल फिर्तामा सहजता प्रदान गर्नेछ ।

गैर आवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्ने गरी कम्पनी स्थापनाको सर्त संशोधन गरिएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

संशोधित सर्तअनुसार अब नेपाल सरकार र गैर आवासीय नेपालले संयुक्त लगानीमा स्थापना गरेको इन्भेष्टमेन्ट कम्पनी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा न्यूनतम १० करोडबाटै लगानी गर्न सक्ने छ ।

गैर आवासीय नेपालीले सरकारसँग मिलेर स्थापना गरेको इन्भेष्टमेन्ट कम्पनीलाई पूर्वाधार सम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यस्ता कम्पनीले आफ्नो कम्पनीबाटै विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । गैर आवासीय नेपालीको लगानीको रकम नेपाल बाहिर लैजाने व्यवस्थाका लागि सरकारले छुट्टै प्रक्रिया तोक्ने पनि विभागले जनाएको छ ।