९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामचन्द्र पौडेललाई राजा जस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै महामन्त्री थापाले राष्ट्रपतिको मुख्य सल्लाहकार प्रधानमन्त्री नै भएको बताए। उनले भनेका छन्, ‘राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु–सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास बसाल्नु आवश्यक छ ।’

विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली बदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको बताए।

‘तत्काल बदलेर सरल र नागरिकमैत्री अभ्यास गर्ने गराउने दायित्व सरकारको हो। प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् र राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस् ,’उनले भनेका छन्।

उनले कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचित भएपछि अब सबंको अभिभावक बन्न आग्रह गरेका छन्।

‘दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनै पनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ’ महामन्त्री थापाको भनाइ छ।

संविधानको परिधिभित्र रहेर राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र आफ्नो दृष्टिकोण दिन सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीको अधिकारमाथि कहिल्यै हस्तक्षेप नगर्न सुझाव दिएका छन्।

‘हामीले संविधान निर्माण गर्दा राष्ट्रपतिलाई नेपालको लोकतन्त्रको एक अपरिहार्य र महत्वपूर्ण लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेका हौं’ उनले भनेका छन्, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक राष्ट्राध्यक्षको चाहना हो । रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ।’

प्रतिक्रिया दिनुहोस