काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौँ विकेट गुमाएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौँ सफलता दिलाएका हुन्। उनले ३८ औँ ओभरको तेस्रो बलमा रोहन मुस्तफालाई एलबिडब्लुको धरापमा पारे।
मुस्तफाले ३२ बलमा ३ चौकासहित २० रन बनाएका थिए।







