काठमाडौँ । नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित भएको छ ।
नेपाल नर्सिङ परिषद्ले शनिवार लिएको पी.सी.एल. नर्सिङ र बी.एस्सी. नर्सिङको नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए । जसमा २६ दशमलव १ प्रतिशत उत्तीर्ण भएका छन् भने, बि।एस्सी नर्सिङ तर्फ ३७७ जना सहभागी भएका थिए । जसमध्ये ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् ।