काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले फागुन १६ गतेको निर्णय अनुसार ५१५ जना कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरूका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।
सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, वसन्त कुमार ढुङ्गानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ ।
यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ ।
त्यस्तै, उप-निर्देशक कलाधर गौतमलाई इन्जिनियरिङ सेवा निर्देशनालयबाट आन्तरिक लेखा परीक्षण विभाग, जानुका कुमारी पौडेललाई आन्तरिक लेखापरिक्षण विभाग, आर्थिक लेखापरिक्षण महाशाखाबाट इन्जिनियरिङ सेवा निर्देशनालयको लेखा प्रमुख, नारायणप्रसाद धिताललाई केन्द्रिय भुक्तानी महासाखाबाट प्रसारण निर्देशनालय, अर्थ महाशाखाको प्रमुखममा सिफारिस गरिएको छ ।
कतिपयलाई काज फिर्तासमेत गरिएको छ ।
हेर्नुस् नामावलीसहित :







