काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच शुक्रबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सरकार तथा संसद्सँग सम्बन्धित विषयका साथै अध्यादेशबारे छलफल भएको हो ।
भेटवार्तामा राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समेत कुराकानी भएको छ ।








