९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा सरकारका सचिवकै संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिन्छु भनी ठगेको आरोपमा आइतबार पक्राउ परेकाहरूले सरकारका उच्च अधिकारीहरूकोसमेत संलग्नता रहेको बयान दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो । 

प्रहरीले ठगीको आरोपमा आइतबार तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँचथरका टङ्क गुरुङ रहेका छन् । उनीहरूले बयानका क्रममा गृह मन्त्रालयका तत्कालीन पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यहरूको मिलेमतो रहेको बयान दिएका छन् । 

भण्डारीसमेतको संयुक्त मिलेमतोमा भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी विभिन्न प्रलोभन र विश्वासमा पारी ठगेको भन्दै ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीले जानकारी दिए । किटानी जाहेरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ललितपुर धापाखेल एरियाबाट पक्राउ गरेका उनीहरूलाई मुलुकी अपराध संहिताको दफा २४९ (२) र (१) बमोजिमको कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको छ । आरोपीहरूले १३ करोड ६३ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आरोपीहरूले तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र महेश्वर न्यौपानेको मिलेमतो रहेको बयान दिएका छन् । पाण्डे हाल उपराष्ट्रपतिको कार्यालयमा कार्यरत छन् भने न्यौपानेले अवकाश लिइसकेका छन् । उनीहरुको संलग्नताबारे अनुसन्धान भईरहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

पक्राउ परेका व्यक्तिहरूले अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भर्न लगाई प्रति व्यक्ति १० देखि ४० लाख रुपैयाँसम्म असुल गरी ठगी गरेको देखिएको बुझिन आएको छ । काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनी ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रूपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड रुपैयाँ बराबरको चेकहरू जाहेरवालाहरूलाई दिएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । यसैगरी ठगी भएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैङ्क खाता प्रयोग भएको र पीडितहरूले ६५ लाख रुपैयाँ भन्दा बढी रकम विभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको भेटिएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

फर्म भराइएका सबै व्यक्तिहरू नेपाली नागरिक रहेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटक-पटक बोलाई हैरानी दिइएको थियो । ठगी भएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैङ्क खाता प्रयोग भएको पाइएको छ । 

प्रहरीका अनुसार पीडितहरूमध्ये १० जनाभन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरी शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्टसमेत बनेको पाइएको छ ।

ठगी धन्दामा नाम जोडिएका सचिव टेक नारायण पाण्डेले मुद्दा कमजोर बनाउन उच्च अधिकारीहरूको नाम जोडेको बताए । ‘उनीहरूले साझेदार बनाएर संरक्षकत्व खोजे, तर इथिक्सले त्यो दिएन,’ उनले भने, ‘हामीलाई जोडेपछि मुद्दा कमजोर बनाउन सकिन्छ र उन्मुक्ति पाउँछौँ कि भन्ने उनीहरूको दाउ हुन सक्छ ।’

भुटानी शरणार्थीको परिचय पत्र बनाएर अमेरिका पठाउने मात्रै नभएर नेपाली कामदार पठाउनेदेखि लिएर दक्षिण कोरियामा मौसमी कामदार पठाउन सहयोग गरे राम«ै आम्दानी हुनेसम्मका आश्वासन आएकोसमेत सचिव पाण्डेले बताए । उनले भने, ‘कोरियामा मौसमी कामदार पठाउने र साईप्रसमा विद्यार्थी पठाउने योजनामा हाम्रो तवरबाट संरक्षकत्व मिलेन, त्यही भएर पोली दिए । अहिलेको केशमा पनि ठुलासँग जोडेपछि मुद्दा डिसमिस हुन्छ कि भन्ने आशयले जोडेका हुन् ।’

केही समय अघि मात्रै अरुण ३ आयोजनाको झुम्का सब स्टेसनको २५ करोडको कन्स्ट्रक्सन मिलाएको र इन्भेष्ट अपुग भएकोले ५० लाख माग्दै प्रोफिट सेयर गर्न भनेर म्यासेज नै गरेकोले जुन कुनै हिसाबमा पनि हामीलाई जोड्ने प्रयास गरेको तर त्यो पुरा नभएपछि नाम मुछेको हुनसक्ने सचिव पाण्डेको भनाई छ । 

घटनासँग नाम जोडिएका तत्कालीन गृह सचिव महेश्वर न्यौपाने भने सम्पर्कमा आउन चाहेनन् । पहिलो पटक उनकी श्रीमतीले फोन उठाएर बाहिर रहेको र आएपछि फोन गर्न लगाई दिन्छु भन्ने आश्वासन दिए पनि न्यौपानेको फोन आएन । पछि फोन गर्दा फोन काटियो र पुन फोन गर्दा सम्पर्क हुन सकेन भन्ने जवाफ आयो । त्यसपछि दोस्रो दिन पनि कैयन पटक फोन गर्न खोज्दा उनले फोन उठाएनन् । 

बालकृष्ण खाँण गृहमन्त्री हुँदा अमेरिका जान छुटेका ४ सय ६१ जनालाई प्रक्रिया बनाएर जिम्मा लगाउन झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको थियो । त्यसो त सहसचिवको नेतृत्वमा बनाएको कार्यदलबारे समेत अनेक शङ्काहरू उत्पन्न भएका थिए । अनुसूची नै थपघट गरेको चर्चासमेत गृह प्रशासनमा चलेको थियो । तर त्यो त्यसै सेलायो ।

नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर ‘अमेरिका सपना’ देखाउने मुख्य योजनाकार भने फरार छन् । ठगीका मुख्य योजनाकार दाङ घर भएका सन्देश शर्मा फरार रहेका छन् । 

उनले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का केशव दुलालसँग मिलेर समूह बनाई ठगी धन्दा सुरु गरेका थिए । दुलाल पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव हुन् । यो ठगीको शृङ्खला २०७७ देखि सुरु भएको थियो । पीडितहरूले २०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस