२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ औँ पटक मन्त्री बनेका शरतसिंहले सम्हाले श्रम

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता शरतसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डलमा सामेल गरेसँगै ६८ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १२ औँ पटक मन्त्री बन्न पुगेका हुन् ।

जति पटक चुनाव जिते त्यति नै पटक दल बदल्दै आएका उनी निरन्तर मन्त्री पनि बनिरहेका छन् ।

२०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भण्डारी पहिलो पटक २०४४ फागुनमा मन्त्री बने । पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठले २०४४ साल फागुनमा मन्त्रिमण्डल पुनर्गठन गर्दा भण्डारी पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बने । त्यसको एक वर्षपछि ०४५ कात्तिकमा वाणिज्य राज्यमन्त्रीमा बढुवा भए भण्डारी ।

०५१ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा महोत्तरीबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन पुगेका उनी मनमोहन अधिकारीको अल्पमतको सरकार ढलेपछि ०५२ भदौमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको जम्बो मन्त्रिपरिषद्‍मा भण्डारी बिना विभागीय राज्यमन्त्री बने । एक वर्षपछि ०५३ पुस २४ गते बिना विभागीय मन्त्रीमा बढुवा भएका भण्डारी ०५४ असोजमा भण्डारी युवा, खेलकुद तथा संस्कृति मन्त्री बन्न सफल भए । जति बेला प्रधानमन्त्री थिए सूर्य बहादुर थापा ।

०५६ सालको आम निर्वाचनमा महोत्तरीबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी काँग्रेस बनिसकेका थिए । काङ्ग्रेसबाट चुनाव जितेका भण्डारी कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्‍मा ०५६ जेठमा युवा, खेलकुद तथा संस्कृति मन्त्रीमा नियुक्त भए । ०५६ फागुनमा भट्टराईले मन्त्रिपरिषद् पुनर्गठन गर्दा विभाग फेरिएर उनी स्वास्थ्य मन्त्री बने ।

०५८ साउनमा पुनः स्वास्थ्य मन्त्री बनेका भण्डारी ०६६ जेठमा गठित माधव नेपालको मन्त्रिपरिषद्‍मा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । काँग्रेस छोडेर मधेसी जनअधिकार फोरममा लागि सकेका उनी ०६८ भदौमा बाबुराम भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्‍मा रक्षा मन्त्री बन्न सफल भए । मधेसी जनअधिकार फोरम(उपेन्द्र यादव) त्यागेर विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा गइसकेका भण्डारीले २०७८ जेठ २१ मा केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद् मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री मन्त्री पाए ।

आज पुनः मन्त्री बनेका भण्डारी लोसपाका कोटाबाट मन्त्रिमण्डलमा अटाएका हुन् । यससँगै १२ पटक मन्त्री बन्न सफल भए ६८ वर्षीय नेता भण्डारी ।