१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी तलब खाएर राजनीतिक गर्ने शिक्षक नेपालमा मात्रै छन्’

अ+ अ-

काठमाडौँ । रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको बताएका छन्।

मङ्गलवार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताए।

उनले भने, ‘संसारमा कुनै पनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन। हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकहरूलाई, सरकारी तलब खाने शिक्षकहरूलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईँले मरिमेट्नुस् यो देशको रूपान्तरण सम्भव छैन।’

उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसकिने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको उल्लेख गरे।

उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरे। उनले शिक्षामा राजनीतिकरण गर्नु जघन्य अपराध भएको बताए।