१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिल लिने संस्कार विकास गर्न खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन दिनुपर्छः अभिनेता गिरी

अ अ+ अ-

काठमाडौँ । अभिनेता दीपकराज गिरीले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न उपभोक्ताका साथै विक्रेतालाई समेत प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित करदाता प्रोत्साहन कार्यक्रमको विजेता घोषणा समारोहमा बोल्दै उनले उपभोक्ता र व्यवसायी दुवै सचेत भए मात्रै कर प्रणाली प्रभावकारी हुने बताएका हुन् । अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागद्वारा सञ्चालित लक्की ड्रमार्फत बिल लिने १६ जना सर्वसाधारण उपभोक्ताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।  

सोही अवसरमा अभिनेता गिरीले विजेताहरूलाई बधाई दिँदै बिल लिने दिने संस्कृतिले राज्यको राजश्व संकलनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गरे । गिरीले आम नागरिकमा अझै पनि सामान खरिद गरेपछि बिल माग्ने बानीको अभाव रहेको र करसम्बन्धी चेतना अपेक्षाकृत रूपमा बढ्न नसकेको औँल्याए । उपभोक्तालाई आकर्षित गर्न पुरस्कारको व्यवस्था गरिनु सकारात्मक कदम भएको उल्लेख गर्दै उनले विक्रेता पक्षलाई पनि यस्तै किसिमको प्रोत्साहन दिन सरकारसँग आग्रह गरे । 

उनले भने, ‘सामान खरिदकर्तालाई पुरस्कृत गर्ने प्रणाली अत्यन्तै सराहनीय छ । यदि सामान बेच्ने व्यापारी वा पसललाई पनि बिल जारी गरेबापत निश्चित प्रोत्साहन दिने संयन्त्र बनाउन सकियो भने यसले पारदर्शितालाई दोहोरो गति दिनेछ ।’

पछिल्लो समय राजश्व प्रशासनले उपभोक्तालाई कर प्रणालीप्रति आकर्षित गर्न सुरु गरेको योजनाको प्रशंसा गर्दै उनले यस कदमलाई चाडपर्वको सन्दर्भसँग जोडेर खुसी व्यक्त गरे। उनले चाडबाडको मुखमा उपभोक्ताले पुरस्कार स्वरूप पाएको रकमलाई ‘महादशैँको उपहार’ भन्दै कर तिर्ने र बिल लिने दायित्वलाई नागरिक कर्तव्यका रूपमा आत्मसात् गर्न अपिल गरे। 

0 Comments