काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आर्थिक समृद्धिको लागि सरकारसँग समन्वय आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभामा बोल्दै गोल्छाले सरकारलाई वैदेशिक लगानी भित्र्याउन र निर्यात बढाउन समेत आग्रह गरेका छन् ।
उनले नेपालमा चलिरहेको उद्योगहरू नाफामा हुँदा पनि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको बताउँदै यसको कारण खोज्नुपर्ने र वैदेशिक लगानी भित्र्याउन सरकार उदार बन्नुपर्ने बताए ।
कृषि क्षेत्रमा उत्पादन बढाउनुपर्ने र कूल बजेटको ४० प्रतिशत कृषि क्षेत्रमा गए पनि त्यसको उपलब्धि हुन नसकेको उनको भनाइ छ ।