काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ लगेको बताए ।
“हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नु पर्छ,” उनले भने ।
अर्थमन्त्री महत चालु खर्च बढाउन सरकार र निजी क्षेत्र समन्वय आवश्यक रहेको औँल्याए ।
साथै उनले ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको बताएका छन् ।
अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन् । उनले अर्थतन्त्रमा केही दबाब परेको र यसमा सरकार गम्भीर रहेको बताए ।