काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए ।
सम्बन्धित समाचार : राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या