काठमाडौँ । बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय थप गरिएको छ । नेपाल बिमा प्राधिकरणले चैत मसान्तसम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको भए पनि तोकिएको समयमा पुँजी वृद्धि गन नसकेपछि बिमा कम्पनीहरूलाई असारमसान्तसम्म समय थप गरेको हो ।
प्राधिकरणले जीवन बिमा कम्पनीलाई दुई अर्बबाट पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीलाई एक अर्बबाट दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । पुँजी वृद्धि गर्न जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीहरू धमाधम एक आपसमा मर्जरमा गइरहेका छन् ।
पुँजी कायम नगरेका बिमा कम्पनीको असार मसान्तसम्मको वित्तीय विवरणलाई हेरेर आवश्यक कदम चाल्ने प्राधिकरणले जनाएको छ ।