काठमाडौँ । नेपाल सरकारका दुई सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालयका दुई सहसचिवको जिम्मेवारी फेरिएको हो ।
प्राप्त जानकारी अनुसार प्रशासन महाशाखा पमुख लक्ष्मी निरौलाको महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएको छ भने अनुगमन मूल्याङ्कन महाशाखाका प्रमुख आनन्द काफ्लेलाई प्रशासनमा ल्याइएको छ । काफ्ले मन्त्रालयका प्रवक्तासमेत हुन् ।
अर्थ सचिव नै परिवर्तन हुने चर्चा चलिरहेका बेला सहसचिवबाट अदलबदल शुरु भएको छ ।







