२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख 

अ+ अ-

काठमाडौँ । मंसिर ४ मा भएको संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट रुपन्देहीमा उम्मेदवार बनेका नेताहरूले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन् ।

केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, प्रदेश सदस्य वासु घिमिरेले खर्च विवरण पेस गरेका हुन् । उनीहरू तीनैजना विजयी भएका थिए । प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवार मध्ये पराजित उम्मेदवारको खर्च विजेताभन्दा बढी देखिएको छ ।

रुपन्देही २ बाट निर्वाचित पौडेलले निर्वाचनमा २२ लाख ४५ हजार ८ सय ७६ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविध १० हजार खर्च भएको उल्लेख छ ।

त्यस्तै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले निर्वाचनमा १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ,  एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य वासुदेव घिमिरेले २७ लाख ८९ हजार ५ सय २०,  रुपन्देही क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले २ लाख ६३ हजार ९ सय २०, २ को १ बाट उम्मेदवार लीला गिरीले २ लाख ४८ हजार ७ सय ५०, २ को २ बाट उम्मेदवार भोजप्रसाद श्रेष्ठले १३ लाख ८९ हजार ७ सय ४१ र ३ को २ बाट उम्मेदवार तुलसीप्रसाद चौधरीले २ लाख ९३ हजार १ सय ७४ खर्च भएको विवरण बुझाएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ४ को १ बाट उम्मेदवार सुनिलकुमार गिरीले १ लाख १० हजार, ५ को १ बाट उम्मेदवार भूमिश्वर ढकालले ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ ९२० बाट उम्मेदवार भएका रामचन्द्र यादवले ५ लाख ५३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।