काठमाडौँ । बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर फेरि घटाउँदै लगेको छन् ।
अग्रता बनाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुसवाहा करिब पाँच हजार मतले पछि परेका थिए । कुशवाहाले अहिले मतान्तर घटाएर २८०३ मतले मात्रै पछि छन्।
यादवले २१ हजार ४८६ पाउँदा जनमतका कुशवाहाले १८ हजार ६८३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।