काठमाडौँ । काठमाडौँमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत मुलपानि मैदानमा भएको युएई र ओमानबीचको सेमिफाइनल खेलमा युएईले ओमानलाई २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३६ रनमा समेटिएको थियो। उसका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाउँदा रमेज सहाजादले ४६ रन बनाए। त्यस्तै बसिल हमिद र आसिफ खानले समान ३४/३४ रन बनाउँदा आर्यान लाक्राले २५ तथा वृत्या अर्विन्दले १८ रन जोडे।
ओमानका लागि बिलाल खान र जेसन मसुदले समान ४/४ वेकट लैदा आयान खानले २ विकेट लिए।
सेमिफाइनल अन्तर्गत नै टियू मैदानमा जारी कुवेत र नेपाल बिचको खेलमा भने वर्षा वाधक बनेको छ। यद्यपि, दोस्रो पटक खेल सुरु गर्ने तयारी हुँदै छ।







