२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महावीर पुनका माग तत्काल सम्बोधन गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले भने, ‘यही बेलामा महावीर पुन जस्ता मान्छेहरू नवप्रवर्तन, आविष्कारका लागि नयाँ इनोभेसनको कुराका लागि राज्यले प्राथमिकता देओस् भनेर सडकमा पुग्नुपरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूसँग मैले अरु नै कारणले भेट्नु थियो, बालुवाटारमा भेट्दै गर्दा पनि मैले यसको बारेमा स्मरण गराएको छु। महावीर पुनको विषयलाई यथाशीघ्र सम्बोधन गर्नुपर्छ। महावीर पुन जत्तिको एउटा आविष्कार केन्द्र खोलेर गैरनाफामुलक संस्था बनाएर निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा उभिएको व्यक्तित्व सडकमा उभिएको अवस्था सुन्दर देखिएको छैन।’

शर्माले गैरनाफामुलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने उल्लेख गरे। उनले राज्यले सम्मान गर्नुपर्ने व्यक्तित्व सडकमा उभिनु सुन्दर पक्ष नरहेको बताए।