२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक : मुख्यमन्त्री पाण्डे

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताएका छन् ।

दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘विभिन्न जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएका छन्’, भनेका छन् ।

बुद्ध दर्शनलाई जीवनमा आत्मसात् गर्नुका साथै उहाँद्वारा स्थापित चार आर्यसत्यलाई अवलम्बन गर्न सके मात्र पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्कने सन्देशमा भनिएको छ । बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा यस्ता पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

बुद्ध सन्देशलाई विश्वभर फैलाउनुका साथै उनको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रूपमा स्थापना गर्न लाग्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले यस्ता पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।