२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीका ३३ वडामा छैनन् वडा सचिव, प्राविधिक र करारका कर्मचारीको भरमा वडा कार्यालय

अ+ अ-

काठमाडौँ । डोटीका ३३ वटा वडा सचिवविहीन बनेका छन् । ६५ वडा रहेको डोटीमा ३३ वडा सचिवको दरबन्दी रिक्त रहेको हो । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ ।

६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले बताए । 

वडा सचिव नहुँदा स्वास्थ्य, कृषि तथा अन्य प्राविधिक कर्मचारीहरूलाई दोहोरो जिम्मेवारी दिइएको उनले बताए । 

उनले भने, ‘कर्मचारीको अभाव छ, कर्मचारी छैनन्, स्वास्थ्य, कृषिका अन्य प्राविधिक कर्मचारीहरूलाई दोहोरो जिम्मेवारी दिएको छु म आफै पनि वडा नम्बर ६ को वडा सचिवको जिम्मेवारी निभाई रहेको छु ।’

गाउँपालिकाको वडा नम्बर ६ डल्लेकमा उनले वडा सचिवको जिम्मेवारी सम्हाली रहेका हुन् । 

यसैगरी ९ वडा रहेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५, ७, ८, ९ गरी ४ वडा सचिवविहीन छन् । 

११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वटा वडा, बडीकेदार गाउँपालिकामा ३ वटा वडा सचिवको दरबन्दी खाली छ । 

जोरायल गाउँपालिकामा पनि २ वटा वडामा वडा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहँदा बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको यस गाउँपालिकामा नम्बर ३ मा मात्र सचिव रहेका छन् । 

यसैगरी केआई सिंह गाउँपालिकाका २ वटा वडा,  पुर्वीचौकी गाउँपालिकाका ३ वटा वडा, आदर्श गाउँपालिकाका ३ वटा वडा सचिवविहीन रहेका छन् । 

पालिकामा कर्मचारी अभाव भएपनि रिक्त दरबन्दी अनुसारका कर्मचारीहरू लोक सेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले जनाएको छ । 

वडा सचिव नहुँदा प्राविधिक कर्मचारीहरूले काम चलाइरहेका पालिकाले जनाएको छ ।