काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गर्ने भएको छ ।
विश्व धूम्रपानरहित दिवसका अवसरमा ३१ मे मा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयले सो पुरस्कार प्रदान गर्न लागेको हो ।
ती निकायमा कार्यरत कर्मचारीबाट आफूले पुर्याएको योगदानको विवरणसहित जेठ ५ गते भित्र स्वास्थ्य कर कोषको सचिवालय वा स्वास्थ्य कर कोषको सचिवालयको इमेल ठेगानामा आवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमनमा योगदान पुर्याउने व्यक्ति, सङ्घ–संस्था, कानुन कार्यान्वयन गर्ने निकाय र ती निकायमा कार्यरत कर्मचारी मध्येबाट उत्कृष्ट ६ जनालाई पुस्तकार प्रदान गरिने सचिवालयले जनाएको छ ।