७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानमा सहजीकरण गर्ने बहानामा प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ लिएको आरोपमा अख्तियारले बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक हुलाकमार्फत विदेशमा कुरियर पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

अख्तियारका अनुसार दुवै कर्मचारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी सेवाग्राहीको सामान विदेश पठाउने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग रकम मागेको पाइएको आयोगले जनाएको छ। विदेश पठाइने सामानको भन्सारसम्बन्धी प्रक्रिया अघि बढाउने क्रममा घुस मागिएको आयोगको आरोप छ।

आयोगका अनुसार दुवै कर्मचारीले सेवाग्राहीबाट दुई हजार पाँच सय रुपैयाँ घुस लिएको पुष्टि भएको छ।

सोही आधारमा अख्तियारले भन्सार अधिकृत न्यौपाने र कार्यालय सहयोगी पुडासैनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप लगाएको छ।

आयोगले दुवै जनालाई जनही दुई हजार पाँच सय रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा जरिवाना सजाय मागदाबी गरेको छ।

0 Comments