काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ ५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
शुक्रबार साँझ ४ बजे उनले दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिहीबार प्रतिनिधिसभामा बैठकको अन्तिममा राष्ट्रपति कार्यालयको पत्र पढेर जानकारी दिए ।