२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यान, जीवन, प्राण र कुनै सपना नभएको नीति तथा कार्यक्रम : एमाले 

अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले नीति तथा कार्यक्रममा कुनै सपना नभएको टिप्पणी गरेको छ । 

शुक्रबार संसद् भवनबाट बाहिरिनेक्रममा एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर प्राण नभएको भन्दै कटाक्ष गरे । 

“नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको, प्राण नभएको । यसमा कुनै सपना छैन । जोस छैन । जाँगर छैन” भट्टराईले भने । 

मुलुकले भोगिरहेका समस्या समाधान गर्ने ठोस उपाय र प्रस्ताव नआएको उनको भनाइ छ । आजका आर्थिक, सामाजिक चुनौती समाधान गर्ने प्रस्ताव नराखिएको भट्टराईले बताए । 

त्यस्तै, सांसद रघुजी पन्तले नीति कार्यक्रमले यथास्थितिलाई नै निरन्तरता दिने बताए । 

“यो नीति तथा कार्यक्रमले जे जस्तो यथास्थिति छ । त्यसलाई निरन्तरता दिन्छ । यथास्थिति तोडेर मुलुकलाई नयाँ गन्तव्य देखाएको छैन,” पन्तको भनाइ छ । 

पन्तले औद्योगीकरण, कृषिको संरक्षण र राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने भन्दै त्यसको अभाव रहेको औँल्याए । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा वाचन गरेका थिए ।